Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक


    मंगलबार, चैत्र १५ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

    बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

    ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले न्युज कारखानासँग भने । उनका अनुसार देशैभरीको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

    उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

    जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भाेलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार