Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले चुनावी गठबन्धनबारे निर्णय आज गर्ने 


    मंगलबार, चैत्र १५ २०७८
    885
    Shares
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय आज गर्ने भएको छ । कांग्रेसले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको हो ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

    आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति कांग्रेसले लिएको छ । यद्यपि गठबन्धन गर्न नहुने तर्कसहितको मत पनि केन्द्रीय समितिमा आएको छ ।

    पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्ता गठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिएका छन् । त्यसैले केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने भनेर आधिकारिक निर्णय लिने अनुमान छ ।

    बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

    संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार