काठमाडौं । नेपाल बार एशोसिएसनको यही चैत १९ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा कानुन ब्यवसायीका दुई समूह प्रचार प्रसारमा युद्धस्तरमा जुटेका छन् । बार एशोसिएनको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएसन(डीएलए), माओवादी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन र नेकपा समाजवादी निकट समाजवादी लयर्स एशोसिएसनको तर्फबाट गोपालकृष्ण घिमिरेको नेतृत्वको टीम चुनावी मैदानमा उत्रिएको छ । गठबन्धनबाट डीएलएका घिमिरेको टीमले उम्मेदवारी दिएको छ ।
नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी समूह (पीपीएलए) ले बिष्णुमणि अधिकारीको नेतृत्वमा बारको निर्वाचन लड्दैछ । सबै वाम पार्टी निकट कानुन ब्यवसायी एक भएकाले विगतमा चण्डेश्वर श्रेष्ठको टीम अध्यक्षमा निर्वाचित भएको थियो । वाम वाम वकिलहरुले अन्तर्घात गर्दा महासचिवमा सुरेन्द्र थापा पराजीत भएका थिए भने डीएलएका लीलामणि पौडेलले जितेका थिए । यो पटक एमाले एकातिर, माओवादी र समाजवादी घिमिरेको समूहतिर भएकाले पीपीएललाई निर्वाचन जित्न असंभव जस्तै रहेको चर्चा कानुन ब्यवसायीहरुमाझ चल्ने गरेको छ ।
बार एशोसिएसनको निर्वाचनमा आफ्नो प्रतिबद्धता सार्वजनिक गर्न सोमबार पीपीएलएले पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा पीपीएलएका अध्यक्षका उम्मेदवार बिष्णुमणि अधिकारीले महाभियोग दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कुनै पनि हालतमा पुनः न्यायालयमा फर्किन नदिने बार एशोसिएसनको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।
एमाले निकट पीपीएलका अध्यक्षका उम्मेदवार अधिकारीले चोलेन्द्रशमशेर राणालाई न्यायालयमाा पुनः फर्काउनु नहुने, फर्किए बारले अस्वीकार गर्ने निर्णय गरेको छ, त्यो निर्णय कार्यान्वयन गराउन आफूहरु लाग्ने बताए । यद्यपि एमाले अध्यक्ष केपी ओलीले भने प्रधानन्यायाधीश राणामाथि लगाइएको महाभियोग फिर्ता लिनुपर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पटक पटक राख्दैआएका छन् । ओलीले एमसीसी पास गर्न सहयोगका लागि प्रधानमन्त्री देउवा बालकोट जाँदा पनि राणामाथिको महाभियोग फिर्ता र उनलाई ससम्मान सर्वोच्चमा फर्काउनुपर्ने माग राखेको बिषय सार्वजनिक भएको थियो ।
पीपीएलएका इन्चार्ज रमेश बडालले पनि राणाको महाभियोग फिर्ताको रटान लगाउँदैआएका छन् । तर एमाले निकट पीपीएलएका तर्फबाट अध्यक्षका उम्मेदवार बिष्णुमणि अधिकारीले भने चोलेन्द्रशमशेर पुनः न्यायालयमा फर्किन नहुने बताएका छन् । अधिकारीले भने–‘बारको न्यायालय सुधार र प्रधानन्यायाधीशको राजीनामाको आन्दोलनमा हामी पनि सहभागी छौं, तसर्थ हामी बारले गरेका निर्णय हामी सबैका साझा निर्र्णय हुन् । दलहरुको अंकगणितका बिषयमा हामीले केही भन्न सक्दैनौं, तर राणा पुनः न्यायालयमा फर्किनुहुन्न । फर्किए बारले आन्दोलन गर्छ, स्वीकार गर्न सक्दैन ।’
पीपीएलएका अध्यक्षका उम्मेदवार अधिकारीले सत्ताधारी दलहरुले बारको चुनावमा गठबन्धन गरे पनि देशभरका कानुन ब्यवसायीहरुले आफूहरुलाई मत दिने बताए । उनले भने, चुनाव प्रचार अभियानका क्रममा देशभरबाट राम्रो रेस्पोन्स पाएका छौं । सत्ता गठबन्धनको तर्फबाट बारमा समेत राजनीतिकरण गर्न खोजिएको आरोप लगाउन चुकेनन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend