Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि आउने


    सोमबार, चैत्र १४ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

    स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । 

    आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

    गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक हुनेछ । बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार