काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वाेच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमानसरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल न्याय सेवाअन्तर्गतनवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको आइतबार काठमाडौंमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेकोले यस कार्यमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
उनले संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व पनि यही सरकारको काँधमा रहेकोले सरकारको न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तब्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन कर्मचारीहरुलाई आग्रह गरे ।
मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्याय सम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीहरुले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
‘लोकतन्त्रमा जनता नै मालिक हुने भएकाले पारदर्शिता र जवाफदेहितासहित जनसेवामा लाग्नुहोस्,’ मन्त्री बडूले नवप्रवेशी अधिकृत कर्मचारीलाई भने ‘तपाईँहरु मार्फत जनताले जिम्मेवार सरकारको अनुभूति गर्ने भएकोले कहीँकतैबाट विचलित नभएर जनसन्तुष्टिका लागि काम गर्नुहोस् ।’
‘आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईहरु (कर्मचारी) स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्दछ’ मन्त्री बडूको भनाई थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend