Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोइराला पक्षका नेविसंघ र तरुण दलका कार्यकर्ताले कांग्रेस बैठकमा प्रदर्शन नगर्ने, भोलि भेलामार्फत् बिरोध जनाउने


    आइतबार, चैत्र १३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमतिबिना नै मनोनयन गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।

    गत शुक्रवार देखि सुरु भएको केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय  सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।

    ‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहररूको भेला भोलि बोलाईएको छ, सोही भेलावाट विरोध जनाउने छौँ’ रानाले न्युज कारखानासँग भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ । 

    गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार