Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपामा सचिवालय प्रमुख र कोषाध्यक्ष मनोनयन


    सोमबार, चैत्र ३ २०७६
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सचिवालय प्रमुख र कोषाध्यक्ष मनोनयन गरेको छ । तीन अध्यक्ष हुनेगरी पार्टी एकता गरेको राप्रपाले सचिवालय प्रमुख दुई जनालाई मनोनीत गरेको  छ भने कोषाध्यक्ष पनि दुई जनालाई नै बनाइएको छ ।   ध्रुवबहादुर प्रधान र भास्कर भद्रालाई सचिवालय प्रमुख बनाइएको छ । । गणेश चन्द र चन्द्रबहादुर गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

    राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीले सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन सोमबार गरेका हुन् ।

    राप्रपाका नेता किशोरबहादुर कार्कीका अनुसार गएको फागुन २४ मा राप्रपा एकीकरणपछिको यो पहिलो मनोनयन हो । दुई राप्रपाबीचको एकता घोषणा सभा फागुन २८ गते सम्पन्न भएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार