Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले दुई तिहाइको उल्टो दुई/तीन सिट जित्छ: झलनाथ खनाल


    शनिबार, चैत्र १२ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भने, ‘दुई तिहाइको ठीक उल्टो दुई/तीन सिट जित्न सक्छ ।’

    उनले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गरे । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ ।

    यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने उनको भनाइ छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना (एमसीसी) उदाङ्गिएको पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार