Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो


    शुक्रबार, चैत्र ११ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। 

    बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए।  

    रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ। सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।
     
    बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार