Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने


    शुक्रबार, चैत्र ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन्  ।  चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

    ‘प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,’ स्रोतले भन्यो । 

    भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् । 

    देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । 

    केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार