काठमाडौं । सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय र स्थानीय दुबै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र र स्थानीय तहले प्रतिवद्धतापत्र लिएर निर्वाचनमा होमिने निर्णय गरे लगत्तै कांग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्न लागेको हो ।
एमाले केन्द्रीय कमिटी बैठकले ‘पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्षा पूरा गर्न राष्ट्रिय स्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने’ निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालयबाट चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिवद्धतापत्र बनाउनु पर्ने निर्णय पनि उक्त बैठकले गरिसकेको छ । ‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धी, हामी पराजित भएका ठाउँमा बिगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोधसमेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने’ निर्णयमा उल्लेख छ ।
केन्द्रीय घोषणापत्र निमार्णका लागि एमालेले उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली, मनोजजंग थापालगायतको घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ ।
यसैगरी, कांग्रेसले चुनावी घोषणापत्र निमार्णका लागि महामन्त्री गगन थापालाई संयोजक तोकिसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको ३ फागुनको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति’को संयोजक तोकेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी प्रवक्ता प्रकाशरण महतले केन्द्रमा तयारी समितिले घोषणापत्रका लागि काम गर्न सुरु गरे पनि स्थानीय तहलाई पनि आफ्नै अलग्गै घोषणापत्र बनाउन निर्देशन दिएको बताए । ‘स्थानीय तहले पनि केन्द्रको नीति र कार्यक्रमसँग नबाझिने गरी आवाश्यता अनुसार अलग्गै चुनावी घोषणापत्र बनाउन निर्देशन दिइसकेका छौं,’ प्रवक्ता महतले सञ्चारकर्मीलाई बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend