Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्की जिल्ला अदालत तोडफोड गर्ने व्यक्ति पक्राउ


    बिहिबार, चैत्र १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्रेकाे हाे । परियारविरुद्ध अदालतबाट आठ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक उपद्र मुद्दामा अनुसन्धान थालेको हाे । 

    उनले बुधबार राति पोखरा महानगरपालिका-६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए । 

    उनी विगतमा पनि पटक पटक पक्राउ पर्दै जेल सजाय काटेको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

    ६ जेठ २०७३ मा पनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरेकाे थिए । यस्तै भदाै २०७३ मा वडा प्रहरी कार्यालय रामबजारमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यस्तै २०७३ सालकै असोजमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए । २०७४ को कात्तिकमा लागु औषध मुद्दामा समेत प्रहरीले पक्राउ गरेको थियो । 
     
    चैत २०७६ मा लागू औषध कसुरमा पक्राउ परेका थिए । पछि जेल बसेर २३ फागुन २०७८ मा थुनामुक्त भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार