Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्युत् कटाैतीकाे हल्ला चलेपछि कुलमानले भने– लोडसेडिङ हुँदैन


    बिहिबार, चैत्र १० २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । 

    ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ 

    भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । 

    अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोृपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन । 

    असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्र्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । यस्तो समस्या सधैं नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहो¥याए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार