Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण पेश


    बिहिबार, चैत्र १० २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं। नाबालिग करणी प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ ।  

    स्राेतका अनुसार सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो ।

    प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा  दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश गरिएको छ । घटनाका सम्बन्धमा देख्ने तथा सुन्ने १६ जना पनि सवुत प्रमाणका रुपमा उल्लेख गरिएको छ । 

    यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ । यस्तै घटनास्थलको मुचुल्कासहित सम्बन्धित विवरण र प्रमाण गरी ११७ वटा कागजात पेश गरिएको छ ।

    शाहविरुद्ध सबै अनुसन्धान सकेर १४ वर्षको जेल सजाय मागदाबी गर्दै चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार