काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ ।
आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्, जसलाई आजैको बैठकले अनुमोदन गराउनेछ ।
‘पार्टीको केन्द्रिय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा पत्र सार्वजनिक गर्ने, यो काम पार्टी स्थापना दिवस ९ वैशाख २०७९ का दिन गर्ने,’ ओलीले केन्द्रीय कमिटीले गर्नुपर्ने कार्यका बारेमा प्रस्ताव गरेका छन् ।
त्यसो त केन्द्रीय कमिटीले चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनुपर्ने प्रस्ताव राखेका छन् । ‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धी, हामी पराजित भएका ठाउँमा विगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोधसमेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने,’ ओलीको प्रस्तावमा उल्लेख छ । स्थानीय प्रतिबद्धता पत्र भने प्रत्येक पालिकाले आफैँ निमार्ण गरी आगामी ९ वैशाखमा सार्वजनिक गर्नुपर्ने उल्लेख ओलीले गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend