Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरको लिम्चुङबुङमा ट्रयाक्टर दुर्घटना: चालकको मृत्यु


    बिहिबार, चैत्र १० २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर।उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।

    गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएको मकवानपुर हेटौडाका २८ वर्षिय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । 

    लोड बोकेको ट्रयाक्टर बुधवार दिउँसो सडकबाट ३ सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    दुर्घटना हुने बितिकै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरि अस्पताल पठाएको थियो । 

        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार