काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै निर्वाचनमा लड्ने र दोस्रो विकल्पको रुपमा नेकपा एमालेलाई रोज्ने देखिएको छ ।
तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढदै गएको निष्कर्षका साथ लोसपाले प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी गठबन्धन गर्नेबारेमा आन्तरिक छलफल सुरु समेत गरेको छ ।
लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले स्थानीय तह निर्वाचनमा गठबन्धनका बारेमा एमालेसँग औपचारिक छलफल नभए पनि सम्भावना भने नकार्न नसकिने बताए । ‘स्थानीय तहको चुनावी गठबन्धन आवाश्यक्ता छैन, किनकि गठबन्धन राजनीतिले मुलुकलाई अस्थिरतातर्फ निम्त्याउनेछ । तर, सत्ता गठबन्धन जारी नै रहने हो भने हामीसँग तीनवटा विकल्प रहने छन्,’ झाले भने, ‘पहिलो एक्लै चुनावमा लड्ने, दोस्रो एमालेसँग चुनावी तालमेल गर्ने ।’
उनका अनुसार सत्ता गठबन्धनले लोसपाको राजनीतिक माग पूरा गरेको खण्डमा मात्र चुनावी गठबन्धन गर्न सक्ने तेस्रो विकल्पको रूपमा राखिएको छ । पार्टी विभाजनपछि सांगठानिक सक्रियता र स्थानीय तह निर्वाचन केन्द्रित अभियानका लागि तराई मधेसका जिल्ला डुलिरहेका अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले गठबन्धन गर्नै परेको खण्डमा एमालेसँग गर्नुपर्ने सुझाव दिइरहेको लोसपाका एक नेताले बताए ।
‘पछिल्लो समयमा मधेसका जिल्लाहरूमा एमालेप्रति ‘क्रेज’ बढेको देखिन्छ, पार्टी प्रवेशको लहरले पनि हामीलाई एकपटक सोच्न बाध्य बनाउँदै लगेको छ,’ ठाकुर निकट एक नेताले भने, ‘हिजो मधेस र मधेसी जनताका लागि भनेर खोलिएका मधेस केन्द्रित दल, कांग्रेस, माओवादीमा भन्दा एमालेप्रति क्रेज बढ्दै गएपछि नेता तथा कार्यकर्ताहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।’
उनका अनुसार १५ चैतमा नेपालगञ्जबाट शीर्ष नेताहरू फर्केपछि गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा निष्कर्ष निकाल्नेछ ।
नागरिकता विधेयक, पक्राउ परेका तथा जेलजीवन गुजारिरहेका कार्यकर्ताको रिहाइका बारेमा अध्यक्ष ठाकुरले यसबीचमा दुई तीनपटक नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर ध्यानाकर्षण गराइरहेका छन् ।
तर, नागरिकता विधेयकका बारेमा प्रधानमन्त्री देउवाले आवाश्यक कदम नचालेको प्रति महन्थ त्यति खुस देखिएका छैनन् । यद्यपि, कांग्रेसी लिगेसीबाट आएका अधिकांस नेताहरू वामपन्थी घटकहरूसँग भन्दा पनि लोकतान्त्रिक घटकसँग गठबन्धन गर्नुपर्ने पक्षमा तर्क राखिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend