Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकतन्त्र जोगाउनकालागि भएपनि एमालेले चुनाव जित्नुपर्छ- ओली


    बुधबार, चैत्र ९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् ।

    बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै ओलीले लोकतान्त्रिकको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका हुन् ।

    एमाले वामपन्थी मात्रै नभएर बताउँदै ओलीले एमाले एक पुरानो लोकतान्त्रिक पार्टी भएको समेत जिकिर गरेका छन् ।

    ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार