काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका छन् ।
मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको सांगठानिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका हुन् ।
‘मैले हेडक्वाटरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु,’ यादवले न्युज कारखानासँग भने, ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न ।’
केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतिक्षामा आफू रहेको यादवले जानकारी दिए ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको सांगठानिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टी जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका हुन् । सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई पनि बहिस्कार गरेका छन् ।
मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहका बीचमा सत्ता संघर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मंगलबार बैठक बहिस्कार गरेका थिए । सहिद रामबृक्ष यादवको शालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टी जाहेर गर्दै आएका छन् ।
पूर्वजनमोर्चा समूहका गिरिराजमणी पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेको बेला यादवले प्रशिक्षण बहिस्कार गरेका हुन । प्रदेश कमिटी निमार्ण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन ।
‘अध्यक्षसँग मेरा असन्तुष्टी कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ, मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो,’ यादवले न्युज कारखानासँग भने, ‘अरू जिम्मेवारी साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन, अनि प्रशिक्षणस्थलमा नबसेको हुँ ।’ यादवका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठानिक निमार्णजस्ता कार्यमा बहिस्कार र अनुपस्थिति दुबै रहिरहनेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend