Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेसीशहर नगरपालिकाकाे मनास्लु सडक कालोपत्रे


    बुधबार, चैत्र ९ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयकाे ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो । 

    मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो । 

    सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो । धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन् । 

    सडककाे उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए ।

    उपमेयर लक्ष्मीदेवी अधिकारीले नागरिकले थालेको काममा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताइन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार