Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दिवास वडा नं १ मा बन्दै गरेको सामुहिक पितृ मोक्षालय भवनको निमार्ण अन्तिम चरणमा


    मंगलबार, चैत्र ८ २०७८
    2.7K
    Shares
  • ३ मिनेट पाठ
  • महोतरी । बर्दिवास नगरपालिका वडा नं १ मा बन्दै गरेको सामुहिक  पितृ मोक्षालय भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।  चार  महिना अगाडिबाट सुरु गरिएको बर्दिवास नगरपालिका  वडा नं १ को सामुहिक पितृ मोक्षालय भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । 

    बर्दिवास बासी सर्वसाधारणको मोक्षालय भवन बनाउने  सपना  २० औँ बर्ष देखिको हो तर आज आएर पुरा भएको छ।  समाजमा परम्परागत देखिनै चल्दै आएको रितिरिवाज  गर्न या भनौ कसैको मृत्यु हुँदा गरिने काज क्रियाको लागि हो । परम्परागत  रितिरिवाजलाई प्राथमिकतामा राखेर बर्दिवास नगरपालिका – १ का  सर्वसाधारण जनताले बनाउन खोजेको  पितृ मोक्षलयको सपना  अब पुरा हुनै आँटेको छ । यो मोक्षालयमा घर हुने तथा घर नहुने सबैले आवश्यक पर्दा प्रयोग गर्न मिल्ने गरि बनाइएको  मोक्षालयका अध्यक्ष कृष्ण गौतमले नेपालफेसलाई बताएका छन् ।

    हिन्दु परम्परा अनुसार मान्छेको मृत्यु पश्चात गरिने १३ दिनसम्मका कार्यहरु गर्न मोक्षालयमा सजिलो हुने भएकोले पनि यो बर्दिवास बासीको लागि अति आवश्य रहेको  अध्यक्ष गौतमले बताएका छन्। पितृ मोक्षालय बनेपछि मृत्यु शोक परेको  घरमा त्रिपाल टाँग्नु पर्ने झन्झट हट्ने  तथा  बर्षातको  बेलामा पानी चुहिने , हिलो हुने , हावा हुरी जस्ता धेरै समस्याबाट अब बर्दिवास १ का सर्बसाधारण मुक्त हुने भएका छन् । 

    झन्डै ६०० जनाले यस पितृ मोक्षालय भवन बनाउनका लागि  सहयोग गरेको कुरा पनि अध्यक्ष  गौतमले बताएका छन् । निर्माणका कार्य अरु  पनि बाँकी रहेको र सहयोगीहरु पनि थपिदै जाने क्रम रहेको पनि बढ्ने अध्यक्ष गौतमले बताएका छन ।  मोक्षालयमा निर्माणको लागि अहिले सम्म करिब १३ लाख जति रकम उठिसकेको छ ।  काम हुदै छ, बिजुली , खोलाको ड्याम र एउटा झोलुङ्गे पुलको आवश्यक छ त्यो पनि स्थानीयहरुबाट  आउनेमा ढुक्क रहेका छन । 

     वि. स.२०४२ साल भन्दा अगाडि बर्दिवासमा खानेपानीको कुवा थियो त्यसै कुवा को संरक्षणका लागि सामुहिक पितृ मोक्षालयमा ईनार पनि बनाइएको छ ।

    बर्दिबास नगरपालिका  १ का जनताको ध्यान  अहिले सामुहिक पितृ मोक्षालय तिर केन्द्रित रहेको छ । सामुहिक लगानीमा बनेको यो मोक्षालय मा स्थानीयको ध्यान केन्द्रित भएको छ भने राजनीतिक दलका नेताहरुलेपनि सामाजिक काम भनेर चासो दिन थालेका छन् । 

    saw2.jpg
    undefined

        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार