Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेप्सीकोलामा तीन वटा बम राखेको आरोपमा मणिक लामा प्रहरी हिरासतमा


    मंगलबार, चैत्र ८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

    एमाले सांसद नबिना लामाका बुबा समेत रहेका लामालाई एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

    उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंले मुद्दाकाे तयारी गरिरहेको बुझिएको छ।

    ‘हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।

    लामा केही समय पहिले सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट तामसालिङ जनसरकार प्रमुख थिए । हाल केही समय देखी उक्त पार्टीबाट अलग रहेर उनले छुट्टै पार्टी गठन गरेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार