Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


    मंगलबार, चैत्र ८ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ  ।  मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार