Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डरलाई वीर अस्पतालमा भेटे प्रचण्डले


    मंगलबार, चैत्र ८ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् ।

    प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

    मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

    अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाकाे उपचार भइरहेको छ ।

    कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीकाे रोजगारीको लागि पहल गर्ने प्रचण्डले बताए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार