Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेसले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन नगरेकाे भन्दै उपेन्द्र यादवको गुनासो


    सोमबार, चैत्र ७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएका छन् ।

    वीरगञ्जमा आयोजित कार्यक्रममा यादवले सार्वजनिक मञ्चमै सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा नेपाली कांग्रेसले चासो नदिएको गुनासो गरेका हुन् ।

    न्यूनतम साझा कार्यक्रममा नागरिकता समस्या, संविधान संशोधन, समावेशीकरण, संघीय प्रणालीको कार्यान्वयन लगायतका विविध विषय समेटिएको भन्दै उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, कांग्रेस नेतृत्वको सरकारले साझा कार्यक्रमलाई देखेर पनि नदेखेको जस्तै गरेको छ ।’

    वीरगञ्जमा आयोजित कार्यक्रममा यादवले सरकार बनाउनुअघि धेरै सम्झौता सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने गरेको बताए । उनले अघि भने, ‘जुन साझा कार्यक्रमको जगमा सरकार बनेको छ । कांग्रेसले त्यसको कार्यान्वयन गर्नुपर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार