काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए । ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ ।’ उनले भने ।
पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उनले बताए । ‘केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनुपर्यो भन्नुभएको छ,’ उनले भने, ‘यसमा हामी निर्णय गरेर वामएकता गरेर तालमेल गर्रौ, चुनावी तालमेल गरौं भने जादैंनौँ । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौँ ।’
स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ति शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend