Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जग्गा बेच्न नदिएपछि छाेराले गरे आफ्नै आमाको हत्या


    सोमबार, चैत्र ७ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । जग्गा बेच्न नदिएको निहुँमा पोखरामा वृद्धा हत्या भएकाे छ ।

    पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीकाे उनकै छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङले हत्या गरेकाे प्रहरीले जानकारी छ । 

    नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

    प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या आमाकाे गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेका थिए ।

    ३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

    अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरुले घटाएको स्वीकारिसकेकाे प्रहरीले जानकारी दिएकाे छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार