Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तमोरको पानीबाट ८ हजार मानिस लाभाविन्त हुने, प्रधानमन्त्रीले भने– वितरण भरपर्दो होस्


    सोमबार, चैत्र ७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

    देउवाले आयोजना सञ्चालनमा अबरुद्ध नहोस् भनेर नियमित मर्मत सम्भार गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् । 
    सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए । प्रधानमन्त्रीले आयोजनाबाट लाभान्वित उपभोक्ताहरूलाई बधाइसमेत दिए । 

    आयोजनालाई दिगो र भरपर्दो बनाउन उपभोक्ता समिति र जिल्लास्थित खानेपानी डिभिजन कार्यालयसँगै स्थानीय सरकारलाई समन्वय गर्न पनि प्रधानमन्त्री देउवाको आग्रह छ । 

    आयोजनाबाट तुम्बेवा गाउँपालिका वडा नम्बर १ आङना, वडा नम्बर २ र ३ मौवाका गरी करीब ८ हजार नागरिक लाभाविन्त हुने छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार