Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युद्ध चलिरहँदा युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्बभन्दा बढीको तेल


    सोमबार, चैत्र ७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको विभिन्न वस्तु भित्रिएको छ । युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ । 

    रुसले गत फागुन १२ गतेबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । त्यसपछि हालसम्म दुई देशबीच युद्ध चलिरहेको छ । यो युद्ध चलिरहेको करिव एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ । 

    विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ । 

    विभागका अनुसार चालु आर्थिक वर्षमा रुस र युक्रेनबीच युद्ध सुरु हुनुअघिसम्म युक्रेनबाट नेपालमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आएको थियो । 

    चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ । 

    विभागका अनुसार सोही अवधिमा युक्रेनबाट नेपालमा ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार