Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रले गर्यो चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा, वाङ शुक्रबार काठमाडौं आउने


    सोमबार, चैत्र ७ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति घोषणा गरेको छ । 

    परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । 

    ‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । 

    नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

    दुवै देशका विदेशमन्त्रीको उपस्थितीमा चैत १२ गते काठमाडौंमा नेपाल–चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ । 

    नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार