Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन


    सोमबार, चैत्र ७ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर ।   ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । 

    प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।

    ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । 

    आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।

    ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार