Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बागमती प्रदेश समितिमा १६ सदस्य मनोनीत


    आइतबार, चैत्र ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनीत भएका छन् ।

    कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनीत गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाडौं, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाडौं छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार