Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जना पक्राउ


    आइतबार, चैत्र ६ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार