Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात वायुसेवा कम्पनीको बक्यौता ९ करोड १६ लाख, सात दिनभित्र नतिरे कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी


    आइतबार, चैत्र ६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षाैैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ ।

    रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि  पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न सुचना जारी गरिएको  प्राधिकरणले जानकारी  दिएको छ।

    बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ ।

    बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको  स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

    प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले  ६ लाख १० हजार कस्मिकले  ३ करोड ४७ लाख, स्काइलाइनले  ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार