Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ: धनश्याम भुसाल


    शुक्रबार, चैत्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । 

    भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए ।

    राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखाएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उनकाे भनाइ छ ।  

    नेता भुसालले घुस नखाने नेताहरूको पार्टी वा पार्टीहरू घुस नखाने मान्छेहरूको पार्टी बन्दिए भने देश विकास समृद्धि हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार