Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयोगले सार्वजनिक गर्याे निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


    शुक्रबार, चैत्र ४ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते २ दिन भित्र उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाे ।

    निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते छुट्याइएको हाे ।

    १७ गते चुनाव चिन्ह प्रदान गर्ने तयारी मारहेकाे आयोगले उम्मेदवारी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गर्ने छ ।

    उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

    ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार