Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यादेशमार्फत गरिएका नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै


    शुक्रबार, चैत्र ४ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।

    उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै नियुक्ति खारेजीको मागगरि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

    उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार