Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोरीको आरोपित साह कारागार चलान


    बिहिबार, चैत्र ३ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ ।

     राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिबाना तिराई कारागार चलान गरेको हो।

    राजविराज नगरपालिका-७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिबाना र एक महिना चार दिनको कैद सजाय भोग्नुपर्ने फैसला गरेको थियो । फैसलापछि प्रतिवादी फरार रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार