काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भोली मंगलबार सार्वजनिक विदा दिएको छ ।
राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा प्रदेश सरकारले मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो ।
आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने बताए ।