Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिन्दी फिल्म ‘आरआरआर’ सँग जुध्ने डरले ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड


    बुधबार, चैत्र २ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आउँदो ११ चैतबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड भएको छ । फिल्म युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म १८ चैतमा प्रदर्शनमा आउने जनाएको छ । 

    पूर्वघोषित डेटमा भारतीय निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनमा आउँदैछ । यद्यपि फिल्म सर्नुमा यसको प्राविधिक काम तथा प्रचारप्रसारलाई चाहिएको समय बताइएको छ । कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा थियो । ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए ।

    त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् । 

    फिल्ममा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता छिन् ।

    निर्देशक बोहरा र विक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा संवाद छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार