Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्याय माग्ने महिलासहित पत्रकार र युट्युबर पक्राउ


    बुधबार, चैत्र २ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

    मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलासहित र भिडियो खिच्ने एक जना पत्रकार र दुई जना युटुबरलाई प्रहरी पक्राउ गरेको हाे ।

    मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए ।

    त्यहीक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो। पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन्।

    सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियो खिच्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई रातभर प्रहरी हिरासतमा राखेको गाउँलेले बताएका छन्।

    मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरू सबैको पहिचान भइनसकेको बताए। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ।

    नाबालिकाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो। हत्या आरोपीहरू पक्राउ परे पनि स्थानीय आन्दोलित छन्। 

    प्रहरी स्रोतले भने पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ।

    ती पत्रकारले बलात्कार पीडित नाबालिकाको परिवारका बुवाआमाको नामै किटेर समाचार सामग्री बनाएको प्रहरीको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार