Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनको राजधानी किभमा ३५ घण्टे कर्फ्यू


    बुधबार, चैत्र २ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ ।

    मंगलबार रातीदेखि बिहीबार बिहानसम्म ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् । 

    रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो ।

    सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले  आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार