Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज चैत २ गते बुधवारको राशिफल


    बुधबार, चैत्र २ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज २ चैत २०७८, तदनुसार १६ मार्च २०२२ बुधवार । यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । सामाजिक र धार्मिक यात्राको योग पनि छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

    आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    आज कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

    शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन पनि iसुखमय हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार