Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष- नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ ?


    मंगलबार, चैत्र १ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । 

    भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् । 

    ‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।  

    मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए । 
    वीरगञ्ज–काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार