Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आजदेखि डा. भीम रावल


    सोमबार, चैत्र ३ २०७६
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल  आजदेखि डा. भीम रावल भएका छन् । 

     सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी  गरेसँगै उनी डा. भीम रावल बनेका हुन्।

     नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगबारे रावलले अनुसन्धान गरेका छन्।

    उनले   देशमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ। राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न कति त्यो हिंसालाई  कति क्रुरतासम्म लैजान सक्छ भनेर आफूले  अध्ययन बताउदै भने, ‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्रले निकै क्रुर भएको देखिन्छ।’

    माओवादी द्वन्द्वमा राजनीतिक हिंसाको प्रयोग भएको भन्दै उनले एकातिर हिंसाले सधैँ नकरात्मक परिणाममात्र ल्याउने नभई कहिलेकाहीँ सोच्दै नसोचेको अग्रगामी परिवर्तन पनि ल्याउने आफ्नो अध्ययनबाट देखिएको बताए।

     सुरूमा उहाँहरूले एकदमै उग्र नाराहरू दिएर राज्यसत्ता नै परिवर्तन गर्ने भनेर राजनीतिमा हिंसा मिसाउनु भयो,’ रावलले आफ्नो थेसिसको निष्कर्ष सुनाउँदै भने,‘तर पछिल्लो समय उहाँहरूले पूरै यु(टर्नमा ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार