Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किसिङ डिजिज: चुम्बनले लाग्ने बिरामी


    मंगलबार, चैत्र १ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । के तपाई पनि पाइप (स्ट्र) बाट कोक पिउनुहुन्छ, के तपाई एकै चम्चाले आइसक्रिम खानु हुन्छ भने सावधान हुनुहोस् । चुम्बनले फैलिने यो बिरामीलाई किसिङ डिजिज भनिन्छ ।

    दिल्लीका राजनबाबु इन्सिटीच्यूट अफ पल्मोनरी मेडिसिन एन्ड ट्यूूबरकोलोसिसमा मेडिकल अफिसर डा।अनुराग शर्माले किसिङ डिजिजलाई चिकित्सा भाषामा इन्फेक्सियस मोनोन्यूक्लियोसिस वा ग्ल्याड्यूलर फिभर भनिने बताएका छन् ।

    शर्माका अनुसार किसिङ डिजिज कयौं भाइरसबाट फैलन्छ । तर ९० प्रतिशत मामिलामा यो बिरामी एपस्टिन भाइरसबाट फैलन्छ । यसको कारण मानिसको र्‍याल हो । चुम्बनको समयमा एक व्यक्ति  अर्को व्यक्तिको सम्पर्कमा आएपछि यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र पूरै शरीरमा फैलन्छ । अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले किसिङ डिजिजलाई ह्यूम्यान हर्पिज–४ पनि  भनिने बताएको छ । यो हर्पिज फेमिलीको भाइरस हो ।  डा।अनुरागकाअनुसार यो बिरामी स्वयं सीमित बिरामी हो । यो सहयोगी उपचारबाट ठिक हुने पनि उनले बताए ।

    कसरी फैलन्छ यो भाइरस ?

    एपस्टीन भाइरसले सामान्यतः युवा र किशोरलाई प्रभावित गर्छ । बच्चा यदि संक्रमित पनि भए भने उनीहरुमा लक्षण कम मात्रै देखिन्छ । तर बुढाहरूमा संक्रमणको आशंका कम हुन्छ । यो भाइरस ब्लड ट्रान्समिसन, यौन सम्पर्क, खोकी र हाच्छिउँ गर्दा फैलन्छ ।

    यसबाट जोगिने कसरी ?

    किसिङ डिजीजको कुनै विशेष उपचार छैन । यो एक भाइरल रोग हो, यसमा एन्टीबायोटिकले काम गर्दैन । यसैले बिरामीको उपचार सहयोगी उपचार हुनसक्छ । सामान्य रुपमा १ महिनामा यो बिरामीको सबै लक्षण जान्छ । डा।अनुरागले यो बिरामीबाट बच्नका लागि कुनै खोप नभएको बताएका छन् । त्यसैले निम्न तरिका अपनाएर यो रोगबाट बच्न सकिन्छ ।

    –भाइरस शरीरमा प्रवेश भएपछि १ हप्तासम्म थकान, शरीरमा दुखाई र घाटीमा दुखाइका साथै ज्वरोको लक्षण देखिन्छ । घाटीमा दुखाई भएको समयमा कम बोल्नु । मनतातो पानीले कुला गर्नु 
    –मुख र अन्य सरसफाइमा ध्यान राख्नु 
    –परिवारका अन्य कसैलाई पनि जुठो भाडा प्रयोग गर्न नदिनु 
    –अन्य कसैको ग्लास प्रयोग नगर्नुस्
    – अर्को व्यक्तिसँग खाना र ड्रिंक शेयर नगर्नुस्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार