Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन १८ सयले घट्योसुनको मूल्य ताेला, यस्तो छ आजको बजार भाउ


    मंगलबार, चैत्र १ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज सुन-चाँदीको मूल्य घटेको छ। 

    मंगलबार सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

    पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार