Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेशसभा सांसदसहित विवेकशील साझाले खोस्यो २६ केन्द्रीय सदस्यको जिम्मेवारी


    मंगलबार, चैत्र १ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझा पार्टीले २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ ।

    पार्टी स्राेतका अनुसार कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पनि नतिरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हाे ।

    बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हाे ।

    ‘आइतबार (फागुन २९) बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो,’ प्रवक्ता शरदराज पाठकले भने, ‘कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि उहाँहरूले पदीय जिम्मेवारी बहन गर्नुभएन। कतिपय साथीहरू समानान्तर गतिविधिमा संलग्न हुनुभयो, यसले पार्टीलाई नै क्षति हुने देखियो।’

    पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको प्रवक्ता पाठक बताउँछन्।

    विवेकशील साझाले रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

    यसअघि पार्टीले संयोजक रहेका मिलन पाण्डेलाई पनि हटाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार