काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा विष्फोटक पदार्थ भेटिएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
साथै उनलाई धम्कीपूर्ण पत्र पनि पठाइएको अध्यक्ष भट्टराईको भनाइ छ। एमसीसीको बहानामा यसो गरिएको हुन सक्ने आशंका भट्टराईले गरेका छन् ।
घटनाको निन्दा गर्दै उनले आफ्ना केन्द्रीय सदस्य रिजाल, उनका सहकर्मी तथा परिवारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् ।
‘जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा विस्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ’, डा. भट्टराईले मंगलबार बिहान भनेका छन्, ‘एमसीसी वा कुनै पनि बहानामा यस्ता आपराधिक कार्य गर्ने उपर राज्यले तुरुन्त कारबाही गरोस् र नेता रिजाल, उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्।’
जसपा केन्द्रीय सदस्य हरि रिजालको दांग स्थित कृषिफार्ममा बिष्फोटक पदार्थ राख्ने,धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भए पनि निन्दनीय छ। MCC वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गरोस् र नेता रिजाल,वहॅाका सहकर्मी र परिवारको सुरक्षा गरोस्! pic.twitter.com/MF41sF6L6m
— Baburam Bhattarai (@brb1954) March 15, 2022
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend