Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउदी अरबका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै


    मंगलबार, चैत्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ। 

    परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने छन्। 

    भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ । परराष्ट्रमन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । भोलि दिउँसो उनी स्वदेश फर्कने बताइएको छ ।

    सोमबार विदेशमन्त्री साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार